मधेस प्रदेशमा मन्त्रिपरिषद विस्तार : कांग्रेसका ४ र लोसपाका १ मन्त्रीले लिए शपथ
मिति: २०२४-०७-१९ , समय : ०६:४७:२५ , गामघर डेस्क
मिति: २०२४-०७-१९ , समय : ०६:४७:२५ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले हिजो नेपाली कांग्रेसका सुनिल यादवलाई अर्थमन्त्री, जनार्दन सिंह क्षेत्रीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, शेषनारायण यादवलाई ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री र कौशलकिशोर रायलाई श्रम तथा यातायातमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक मन्त्रालय लिएर मधेस प्रदेश सरकारमा सहभागी भएको छ । लोसपाबाट प्रमुख सचेतक रानी शर्मा तिवारी शिक्षा तथा संस्कृतिमन्त्री नियुक्त हुनुभएको छ । यसअघि यो मन्त्रालय एमालेका राजकुमार लेखीले सम्हाल्नुभएको थियो । उहाँलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नवनियुक्त मन्त्रीहरुले हिजै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।
प्रकाशित मिति: २०२४-०७-१९ , समय : ०६:४७:२५ , 9 months अगाडि