मधेस प्रदेशको झाँझखोलामा एक पुरुषको शव फेला
मिति: २०२४-०७-२३ , समय : १३:४५:२५ , गामघर डेस्क
मिति: २०२४-०७-२३ , समय : १३:४५:२५ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको रौतहटको गरुडामा एक पुरुषको शव फेला परेको छ । गरुडा नगरपालिका-५ झाँझखोलामा करिब ५५ वर्षीय पुरुषको शव फेला परेको हो ।
खोलामा शव तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए ।
सशस्त्र प्रहरीको सुरक्षा बेस दुधियाभार र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले उक्त शवलाई खोलाबाट बाहिर निकालेको छ ।
मृतकको पहिचान हुन सकेको छैन । यता घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०७-२३ , समय : १३:४५:२५ , 12 months अगाडि