मधेस प्रदेश : फिराैती माग्ने दुई जना पक्राउ
मिति: २०२४-०८-१८ , समय : १५:५३:२७ , गामघर डेस्क
मिति: २०२४-०८-१८ , समय : १५:५३:२७ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको महाेत्तरीकाे जलेश्वर मन्दिरबाट फिरौती माग गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।जलेश्वर नगरपालिका- ५ का गफुर राईनलाई पैसा माग गरिएको र पैसा नदिए धम्कीपूर्ण भाषा प्रयोग गरेकाे आराेपमा २ जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय महाेत्तरीका प्रहरी निरीक्षक धर्मराज मुडभरीले बताए ।
रामगोपालपुर -५ घर भई जलेश्वर डेरा गरी बस्ने २४ वर्षीय सुनिल कुमार राउत र १९ वर्षीय करण मण्डललाई पक्राउ गरपएकाेे प्रहरी निरीक्षक मुडभरीले बताए । पक्राउ परेकाे दुबै जनाले केही दिन देखी अगाडि बाटोमा चिठ्ठी दिएर ९२ हजार रुपैयाँ माग गरिएको र पैसा नदिए धम्कीपूर्ण भाषा प्रयोग गरिएको सूचना प्राप्त भएपछि शुक्रबार जलेश्वर मन्दिरबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रकाशित मिति: २०२४-०८-१८ , समय : १५:५३:२७ , 10 months अगाडि