कोशी प्रदेश : सुनसरीमा टाउको नभएको शव भेटियो

मिति: २०२४-०८-१९ , समय : १३:५६:३० , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

सुनसरी । कोशी प्रदेशको सुनसरीको गढी गाउँपालिका-२ थलाहामा एकजना पुरुषको टाउको नभएको अवस्थामा शव फेला परेको छ ।
गढी गाउँपालिका ५० वर्षीय ज्ञानसन ऋषिदेवको टाउको नभएको अवस्थामा शव आज विहान भेटिएको हो ।ऋषिदेवको हत्या गरेर शव फालिदिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।शव भेटिएपछि घटनास्थलमा अनुसन्धानको लागि प्रहरी टोली परिचालन भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०८-१९ , समय : १३:५६:३० , 12 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित