सप्तरीमा पुजाकाे नाममा चन्दा आतंक : माईक्रो चालकलाई कुटपिट गरेपछि चक्का जाम
मिति: २०२४-०९-१६ , समय : १६:२९:५३ , गामघर डेस्क
मिति: २०२४-०९-१६ , समय : १६:२९:५३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । विश्वकर्मा पुजा चन्दा विवादले सप्तरीको राजविराज-हनुमाननगर सडक खण्ड स्थित तोपा र मंसापुर स्थित कोशी पश्चिमी नहर पुलमा चक्का जामले बाटो अवरुद्ध छ ।
राजविराज विराटनगर चल्ने माईक्रोबसलाई उक्त पुलमा रोकेर स्थानिय युवाहरुले विश्वकर्मा पुजाको चन्दा मग्दा विवाद हुँदै झडप भएको थियो ।
झडपका क्रममा स्थानिय युवाहरुले माईक्रो चालकलाई कुटपिट गरेपछि माईक्रो चालकहरुले नहरको पुलमा गाडी तेर्साएर सडक जाम गरेका छन् ।
सडक जामले आवागमन रोकिदा यात्रुहरु विच्चलीमा परेका छन् भने अथक प्रयासपछि सडक खुलाइएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०९-१६ , समय : १६:२९:५३ , 10 months अगाडि