मधेस प्रदेश : आफ्नै बुवाको कुटपिट गरी हत्या

मिति: २०२४-०९-२४ , समय : १८:०५:३० , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

सिराहा । मधेस प्रदेशको सिरहामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ६५ वर्षीय भालेश्वर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सिरहाको औरही गाउँपालिका-३ खजनपुर टोल बस्ने ३८ वर्षीय शैलेन्द्र कुमार यादवलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

शैलेन्द्र र उनकै श्रीमती ३५ वर्षीया रेणु कुमारी यादवले घरायसी विवादको कारण कुटपिट गर्दा भालेश्वर घाइते भएका भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीले शैलेन्द्रलाई पक्राउ गरेको जानकारी दिइएको छ । कुटपिटबाट घाइते भएका भालेश्वरको प्रादेशिक अस्पताल हुँदै थप उपचारको लागि नोबेल अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२४-०९-२४ , समय : १८:०५:३० , 7 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित