कोशी प्रदेश : दुई छोरी हत्या अभियोगमा महिला पुर्पक्षका लागि थुनामा
मिति: २०२४-१०-०३ , समय : २०:४४:३७ , गामघर डेस्क
मिति: २०२४-१०-०३ , समय : २०:४४:३७ , गामघर डेस्क
गामघर डेस्क
विराटनगर । कोशी प्रदेशमा दुई नाबालक छोरीको हत्या आरोपमा पक्राउ परेकी महिलालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा विष खुवाएर नाबालिका २ छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेकी २१ वर्षीया अस्मिता पौडेल (कार्की) जिल्ला अदालत मोरङका न्यायाधीश पारसमणि पोखरेलको इजलासले पुर्पक्षका लागि थुनामा पठाएको हो ।
अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार मंगलबार अस्मितालाई थुनामा पठाउन आदेश भएको हो । विष खुवाएर नाबालिका २ छोरीको हत्या गरेको आरोपमा प्रहरीले १९ भदौमा उनलाई झापाको बिर्तामोडबाट पक्राउ गरेको थियो ।
निर्माणाधीन घरमा पानी नलगाएको विषयमा श्रीमान अर्जुन कार्कीसँग विवाद भएपछि १४ भदौमा छोरीहरु १ वर्षीया आइङ्का र ३ वर्षीया अर्पणा कार्कीलाई लिएर उनी घरबाट हिडेकी थिइन् ।भोलिपल्ट सुन्दरहरैँचा–७ का नारायण न्यौपानेको केरा बगानमा दुई छोरी मृत अवस्थामा फेला परेका थिए । यता अनुसन्धानका क्रममा विष खुवाएर उनीहरुको हत्या गरेको देखिएको थियो ।
प्रकाशित मिति: २०२४-१०-०३ , समय : २०:४४:३७ , 7 months अगाडि