सप्तरीकाे कञ्चनरूपबाट १ सय २० किलो गाँजासहित दुई जना पक्राउ
मिति: २०२४-१०-०९ , समय : १२:१६:०० , गामघर डेस्क
मिति: २०२४-१०-०९ , समय : १२:१६:०० , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरी प्रहरीले कञ्चनरूप नगरपालिका वडा न.७ बाट मंगलबार भारतीय नम्बरको स्कर्पियोबाट एक सय २० किलो लागूऔषध गाँजा नियन्त्रणमा लिएको छ । सप्तरीको कञ्चनरूप नगरपालिका वडा न.७ स्थित प्रहरी चौकी धरमपुरको चेक प्वाइन्टमा खटिएको प्रहरी टोलीले फत्तेपुरदेखि कञ्चनपुर तर्फ आउँदै गरेको सेतो रंगको बीआर ०७ बीए ४५७८ नम्बरको सेतो स्कर्पियो जाँच गर्दा गाँजा फेला पारेको हो । गाडीमा लुकाइछिपाइ राखिएको १ सय २० किलोग्राम लागूऔषध गाँजा बरामद गरेको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । यता प्रहरीले स्कर्पियो चालक सिरहा भगवानपुर गाउँपालिका-४ का चन्देश्वर चौधरी र सहचालक भगवानपुर-२ का रामदुलार यादवलाई पनि नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: २०२४-१०-०९ , समय : १२:१६:०० , 7 months अगाडि