मधेस प्रदेश : अबैध लागु औषधसहित २ जना पक्राउ

मिति: २०२४-११-०४ , समय : ०८:२९:०७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको बारा प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । गाइगोठमा लुकाइछिपाइ प्याकिङ गरिरहेको अवस्थामा आइतबार प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीले ३४ किलो लागु औषध गाँजासहित दुई जनालाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए । सिम्रौनगढ प्रहरीको टोलीले सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ गंगानगर बस्ने जितेन्द्र कुशवाहा र सरोज प्रसाद यादवलाई पक्राउ गरेको हो । सोही वडा निवासी हिरा महतोको गाइगोठभित्र लुकाइछिपाइ गाँजा प्याकिङ गरिरहेको अवस्थामा दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरेका दुबैजनामाथि लागु औषध सम्बन्धीको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२४-११-०४ , समय : ०८:२९:०७ , 8 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित