सप्तरीको भगनी मलेठमा आगलागी हुँदा १५ लाख बढीकाे क्षति
मिति: २०२४-११-१५ , समय : १९:४२:२७ , गामघर डेस्क
मिति: २०२४-११-१५ , समय : १९:४२:२७ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको सप्तकोसी नगरपालिका वडा न.११ स्थित भगनी मलेठमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल नष्ट भएकाे छ । स्थानीय फुलदेश्वर माझी र विन्देश्वर माझीको गरि २ वटा घरमा बिहिबार राति आगलागी भएकाे ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ । प्रहरीकाे अनुसार माझीद्वयकाे काठको दुई तल्ले घर र खन्न खाधवस्तु, लत्ताकपडा सहित घरभित्रका सबै सामान जलेर खरानी भएको हो।
मध्यरातीकाे समय भएकाेले आगो नियन्त्रणमा लिन नसकेकाे स्थानियले बताए । सप्तकाेशी र कञ्चनरूप नगरपालिकाबाट बारुणयन्त्र तत्कालै आउन नसकेका कारण आगो नियन्त्रणमा समस्या भएको स्थानीयहरूले गुनासो समेत गरे । हनुमाननगर कंकालिनी नगरपालिकाबाट बारुणयन्त्र आउन केही ढिलाइ भएपनी आगो नियन्त्रणमा सहयोग पुगेको थियाे ।
पिडितहरूलाई सप्तकाेसी नगरपालिकाले राहत उपलब्ध गराउन पहल भइरहेकाे नगर प्रमुख कृष्ण प्रसाद ढकालले जानकारी दिएकाे छ । ढकालका अनुसार शुक्रबार दैबिप्रकाेप समितिकाे बैठक बसी राहतका लागि निर्णय गरेकाे छ ।
प्रकाशित मिति: २०२४-११-१५ , समय : १९:४२:२७ , 7 months अगाडि