२०८० सालमा शनिवारबाहेक ३५ दिन बिदा, सार्वजनिक बिदामा पनि सरकारी कार्यालय खुल्ने

मिति: २०२३-०३-१७ , समय : १०:४९:४७ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । सार्वजनिक बिदामा पनि सरकारी कार्यालय खुल्ने भएका छन् । आउँदाे वर्ष २०८० सालको सार्वजनिक बिदा राजपत्रमा प्रकाशित भएको छ । राजपत्रमा बिदाका दिन पनि विभिन्न सरकारी कार्यालय खुल्ने उल्लेख गरिएको हो ।

बिदाका दिन नागरिकता, राहदानी, भन्सार तथा राजस्व सम्बन्धी सेवा, सवारी अनुमति पत्र लाइसेन्स, सवारी साधन दर्ता तथा नवीकरण लगायत यातायात व्यवस्थापन सम्बन्धी सेवा, खानेपानी, भेटेरिनरीलगायत सेवाका कार्यालयहरु खुल्नेछन् ।

यस्तै, प्रदेश सरकार र पालिकाले तोकेका सार्वजनिक सेवा प्रवाह सम्बन्धी अन्य सेवा, बैङ्किङ तथा बीमा सम्बन्धी कारोबार पनि बिदाका दिन हुनेछन् ।

अस्पताल, दुरसञ्चार (साइबर सेक्युरिटी तथा इन्टरनेसमेट), अध्यागमन, फोहरमैला व्यवस्थापन, फायरबिग्रेड, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, हुलाक, शान्ति सुरक्षा, विपद् आदिजस्ता रोजाना र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय, विभाग तथा कार्यालयले सार्वजनिक बिदाका दिनमासमेत दैनिक काम नरोकिने गरी सेवा प्रवाह गर्नुपर्नेछ । तर, सार्वजनिक बिदाका दिन सेवा प्रवाह गर्न खटिने कर्मचारीले त्यसरी खटिएबापत सट्टा बिदा पाउनेछन् ।

२०८० सालमा शनिवारबाहेक विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन सार्वजनिक बिदा दिइएको छ। उज्यालोबाट

प्रकाशित मिति: २०२३-०३-१७ , समय : १०:४९:४७ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित