भारत निकासका लागि गाँजा भण्डारण : झण्डै १ हजार किलो अबैध गाँजा बरामद

मिति: २०२५-०४-०४ , समय : ०७:३७:२५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

विराटनगर । कोशी प्रदेश प्रहरीले मोरङको जहदा गाउँपालिकामा रहेका दुई घरबाट १ हजार १०२ किलो गाँजा बरामद गरेको छ ।भारत निकासीका लागि घरमा लुकाएर राखेको अवस्थामा जहदा- ७ का मुसहरी टोलका २७ वर्षीय उमेश कामतको घरबाट १ हजार ८८ किलो र जहदा गाउँपालिका– ५ का ३३ वर्षीय अरबिन साहको घरबाट १४ केजी भारी मात्रामा गाँजा बरामद गरेको प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले बताए ।
प्रवक्ता जोशीका अनुसार कामतको घरमा प्लाष्टिकको बोरामा प्याक गरिएको अवस्थामा ३४ पोका गाँजा बरामद भएको छ ।साहको घरमा भने १४ किलो गाँजा बरामद भएको छ । कामतको घरमा फेला परेको गाँजा तौल गर्न बाँकी रहेको बताए । भारत निकासका लागि गाँजा भण्डारण गरेको सूचना पाएपछि प्रहरी निरीक्षक सरोज खनालको टोलीमा खटिएको टोलीले दुई घरमा गाँजा फेला परेको हो ।गाँजासहित पक्राउ परेका घरधनीमाथि अनुसन्धान भइरहेको प्रवक्ता जोशीले जानकारी दिए ।

प्रकाशित मिति: २०२५-०४-०४ , समय : ०७:३७:२५ , 3 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित