सप्तरीमा सवारी दुर्घटनामा एक जना कर्मचारीको मृत्यु , अर्का गम्भीर घाइते

मिति: २०२५-०४-०८ , समय : १८:४४:१४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा न.५ स्थित बकधुवामा मंगलबार मोटरसाइकल दुर्घटना परी एकजनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका वडा न.१४ का ४५/५० वर्षिय हरेराम मण्डलको मृत्यु भएको हो ।
छ्पकीबाट महुलीतर्फ जाँदै गरेको प्र २–०१–००२ प २३०५ नम्बरको मोटरसाइकल आफै अन्यन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाईते मण्डलको उपचारको क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना जानकारी हुनसाथ इलाका प्रहरी कार्यालय महुलीका प्रमुख प्रहरी नायव निरीक्षक रामजी कार्की नेतृत्वमा खटिएको प्रहरी टोलीले मण्डललाई उद्वार गरि अस्पताल पुर्याएका थिए ।
उहाँलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएका छन् ।
मण्डल डिभिजन वन कार्यालय महुलीमा कार्यरत रहेको खुलेको छ । घरबाट कार्यालय जाने क्रममा आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उहाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनु भयो ।
मृतकको शव गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको छ भने घटना बारे थप अनुसन्धान भईरहेको उहाँले बताउनु भयो ।
यसै विच सप्तरीको कञ्चनरुप ६ स्थित बालुवामा फत्तेपुर–कञ्चनपुर सडकखण्ड सोमबार टिपरले मोटरसाईकललाई ठक्कर दिंदा एकजना गम्भिर घाईते प्रहरीले जनाएका छन्। फत्तेपुरबाट कञ्चनपुर जाँदै गरेको प्र १–०२–००१ क ३९९८ नम्बरको टिफरले विपरीत दिशाबाट आउँदै गरेको प्र२–०१–००१ प ३५४४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाईकल चालक सप्तकोशी नगरपालिका–९ का २५ वर्षीय धर्मराज मण्डल घाईते भएका छन्। घाइते मण्डलको धरमपुर स्थित धर्मेश्वर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर पठाएको प्रहरीले जनाएको छ ।
अनुहार र घुँडामा चोट लागेका मण्डलको विराट नर्सिङ होममा उपचार भईरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक काफ्लेले जानकारी दिनु भयो ।
साइकललाई जोगाउन खोज्दा टिपर र मोटरसाइकल एकआपसमा ठोकिएको प्रहरीले जनाएको छ । साईकल चालक फरार छन् । उहाँको पहिचान नभएको तथा टिपर चालक सुनसरीको इनरुवा नगरपालिका–८ का २५ वर्षीय रमानन्द साहलाई पक्राउ गरि घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२५-०४-०८ , समय : १८:४४:१४ , 3 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित