ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्युु
मिति: २०२५-०४-१३ , समय : ११:२९:१२ , गामघर डेस्क
मिति: २०२५-०४-१३ , समय : ११:२९:१२ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । कोशी प्रदेशको भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गुडिरहेको ट्रयाक्टर नगरपालिका–३ सेतीबगरमा गएराति पल्टिंदा भोजपुर–५ का वडा सदस्य ५२ निरप्रसाद फुयाँल र त्यही ठाउँका भक्तबहादुर थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।
यता दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: २०२५-०४-१३ , समय : ११:२९:१२ , 2 weeks अगाडि