नयाँ वर्षकाे पहिलाे दिन आज तराई–मधेशमा सतुवाइन पर्व मनाइँदै

मिति: २०२५-०४-१४ , समय : १२:१३:४९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरी सहित तराई–मधेशका महोत्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, सिराहा लगायतका जिल्लामा आज सतुवाइन पर्व मनाइँदै छ ।

नयाँ वर्षका दिन मधेशमा सतुवाइन पर्व मनाइने गरेको जलेश्वर नगरपालिका ५ का संस्कृतिविद् ध्रुव रायले बताउनुभयो ।

चना, मकै, जौ, भटमासलगायतका वस्तुलाई भुटेर त्यसबाट पिठो तयार गरिन्छ । यही पिठोको सातु खाएर आजका दिन मिथिलाञ्चलमा सतुवाइन पर्व मनाइने चलन रहेको जलेश्वर ८ का पण्डित बद्रीनारायण झाले जानकारी दिनुभयो ।

जलेश्वर नगरपालिका १ मा रहेको जलेश्वरनाथ महादेव मन्दिरका पूजारी उपेन्द्र पाठक सातुले शीतलता प्रदान गर्ने, वर्षभरि व्यक्ति स्वस्थ्य, सरल र संस्कारी रहने तथा सबैसँग सुमधुरसम्बन्ध कायम गर्ने गराउने मान्यताका साथ नयाँ वर्षको पहिलो दिन मिथिलाञ्चलमा सातु खाएर सबैले सतुवाइन पर्व मनाउने चलन रहेको बताउनुभयो । रासस

प्रकाशित मिति: २०२५-०४-१४ , समय : १२:१३:४९ , 2 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित