रास्ट्र सेविका नेपालद्वारा नेपालको नक्सा बनाई दिप प्रज्जवलन गरि नयाँ बर्ष मनाइयो
मिति: २०२५-०४-१५ , समय : ११:०५:१९ , गामघर डेस्क
मिति: २०२५-०४-१५ , समय : ११:०५:१९ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । रास्ट्र सेविका नेपालद्वारा नव वर्ष २०८२ सालको उपलक्ष्यमा सप्तरी जिल्लाको गजेन्द्र चौकमा साझ नेपालको नक्सा बनाई दिप प्रज्जवलन कार्यक्रम गरिएको छ । रास्ट्र सेविका सप्तरी सम्पर्क प्रमुख सुनिता साह क्रान्तिको अध्यक्षतामा आयाेजित कार्यक्रममा हिन्दु स्वंयम सेवक नगर संचालक हरिनारायण साह, लोकेन्द्र झा,प्रयाग लाल यादव ,भुमि समस्या समाधान आयोगका सदस्य अनवर अलि, मुरलि मनोहर चौधरी लगायतका अन्य महिला ,युवा गन्य मान्य व्यक्तिहरुको सहभागीमा दिप प्रज्जवलन गरि २०८२ नव वर्ष को आगमन गरिएको हाे । उक्त कार्यक्रममा सहभागीहरुले आफ्नो संस्कृतिलाई बचाउनु पर्नेमा जाेड दिदै विभिन्न प्रकारका पश्चिमा विकृती सभ्यतालाई अहिलेको युवा -युवतिले जोड दिईरहेको हुनाले अन्ययाय,हिन्सा,अपराध र बलात्कार जस्तो जघन्य अपराधहरु बढन थालेको बताएका छन ।
जसलाई रोक्न अब एउटै मात्रै विकल्प छ संस्कृति ,संस्कारमा जोड दिनुपर्छ अध्यारोमा बत्तीको प्रज्जवलन गरेर प्रकाशले उज्यालोमै पार्नुपर्छ र नव वर्ष मनाउदा पनि हामी होटल,रेस्टुरेन्टमा पिकनिक गर्नु भन्दा रास्ट्रप्रतिको सम्मान गर्नु जरुरी छ त्यसैले संस्कार र संस्कृति हाम्रो रास्ट्रको प्राण हुन भन्दै सुनिता साहले आफ्नो विचार राखि कार्यक्रम सम्पन्न भएको छ ।
प्रकाशित मिति: २०२५-०४-१५ , समय : ११:०५:१९ , 2 weeks अगाडि