मधेस प्रदेश : अबैध लागूऔषधसहित दुई जना युवक पक्राउ

मिति: २०२५-०४-१९ , समय : १४:४०:०८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको पर्साको जिराभवानी गाउँपालिका–३ नौका टोलस्थित हुलाकी सडकखण्डबाट प्रतिबन्धित लागूऔषध नाइट्राजेपामसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र सेढवाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा सुवर्णपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको ना १२ प ३१०६ नम्बरको डिस्कभर मोटरसाइकल रोकेर खानतलासी गर्दा चामलको बोराभित्र लुकाइछिपाई ल्याइएको नाइट्राजेपामका ८८६ ट्याबलेट बरामद गरिएको हो ।
पक्राउ पर्नेमा जिराभवानी गाउँपालिका–५ हरैया टोलका २५ वर्षीय दिलिप प्रसाद राय र २२ वर्षीय राजबिध्या प्रसाद खाँ थारु रहेका डीएसपी सुवास भट्टले जानकारी दिए । उनीहरूविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको डीएसपी भट्टले बताए ।

प्रकाशित मिति: २०२५-०४-१९ , समय : १४:४०:०८ , 6 days अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित