मधेस प्रदेश : बसको क्याबिनबाट प्रहरीले झण्डै ६ किलो अवैध चाँदी बरामद
मिति: २०२५-०४-२३ , समय : १६:०९:१८ , गामघर डेस्क
मिति: २०२५-०४-२३ , समय : १६:०९:१८ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौँ । नेपाल प्रहरीले बसको क्याबिनमा फेला परेको अवैध चाँदी बरामद गरेको छ । मंगलबार साँझ प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले मधेस प्रदेशको बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोक स्थितमा वीरगंजबाट तुलसीपुर दाङ जाँदै गरेको बा प्र ३२५६ नम्बरको यात्रु बाहक बसमा फेला परेको चाँदी बरामद गरेको हो ।
चेक जाँच गर्दा बसको क्याभिनभित्र सिट मुनि बेवारिसे अवस्थामा टेपले बेरी राखिएको कार्टुन शङ्कास्पद लागि खोली हेर्दा उक्त कार्टुन भित्र लुकाई छिपाई राखिएको चाँदी जस्तो देखिने रेडिमेट गहना फेला परेको हो । बरामद दश लाख असि हजार बराबरको अन्दाजी ६ किलो चाँदीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: २०२५-०४-२३ , समय : १६:०९:१८ , 2 days अगाडि