मधेश प्रदेशका डीआईजी सहित पाच जनालाइ एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

मिति: २०२३-०३-२० , समय : १३:०७:३७ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । सरकारले नेपाल प्रहरीका ५ जना नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहान बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

यसअघि गृहसचिवको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले पाँचै जना डीआईजीलाई बढुवा सिफारिस गरेको थियो ।

एआईजीहरू विश्वराज पोखरेल, मुकुन्द आचार्य, अरुण बीसी, रवीन्द्रबहादुर धानुक र पूजा सिंहले अनिवार्य अवकाश पाएपछि उनीहरूको ठाउँमा पाँच जना डीआईजीको बढुवा गरिएको हो ।

प्रकाशित मिति: २०२३-०३-२० , समय : १३:०७:३७ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित