सप्तरीमा बस दुर्घटना हुदा दुई जनाको मृत्युु , आधा दर्जन घाइते

मिति: २०२५-०४-२७ , समय : १४:२८:४९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजबिराज । सप्तरीकाे कंचनरुप नगरपालिका वडा न.१० बदगामा स्थित पुर्ब पश्चिम राजमार्गमा उदयपुरबाट बिराटनगर तर्फ जादै गरेको यात्रु बाहक बस अनियन्त्रित भई दुर्घटना हुदाँ दुई जनाकाे मृत्यु भएकाे छ भने आधा दर्जन यात्रु घाइते भएका छन ।

आइतबार बिहान राजमार्गमा अनियन्त्रित भई दुर्घटना भएको प्र१-०१-००१ ख ३४२० नं. को यात्रु बाहक बसमा सबार तत्काल नाम थर वतन नखुलेको १ जना पुरुष र १ जना महिला गरी दुई जनालाई बसले च्यापिएर मृत्यु भएको हाे । मृतकहरुकाे अहिले सनाखत हुन नसकेको सप्तरी प्रहरीले जनाएका छ ।

मृतकको शवलाइ पाेष्टमाटमसका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पठाइएको ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताउनुभयो ।

साे दुर्घटनामा घाईते हुनेहरुमा सप्तरीको सप्तकोशी नगरपालिका वडा न.१ बस्ने बर्ष २१ को सुबेता दाहाल, बर्ष २६ को चेतना भट्टाई, उदयपुर चौडढडी नगरपालिका ५ बस्ने वर्ष ५९ की कमला भुसाल, झापा ३ बस्ने मनोज भट्टराई, मिना भट्टराई र नाम ठेगाना नखुलेका ७५ वर्षीय एक जना पुरुष रहेको र ती सबैजनाकाे अस्पतालमा उपचार भईरहेकाे डिएसपि काफ्लेले जानकारी दिनुभयो ।

यता दुर्घटना भएको यात्रुबाहक बसकाे चालक फरार रहेकाे र तिनको खाेजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०४-२७ , समय : १४:२८:४९ , 9 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित