तराई मधेस महिला फाउन्डेशन नेपालद्वारा भारतको काश्मिरमा मारिएका हिन्दूहरु प्रति श्रद्धांजलि

मिति: २०२५-०४-२८ , समय : ०८:४९:३३ , गामघर डेस्क

तस्बिर : सुनिता साह क्रान्तिकाे सहयोगमा

गामघर डेस्क

काठमाडौं ।
मधेस प्रदेशको पर्साकाे वीरगञ्जमा तराई मधेस महिला फाउन्डेशन नेपालको आयोजनामा आज भारतको काश्मिरमा इस्लामिक जिहादीबाट गरिएको हत्या प्रति आपत्ति जनाउदै नेपाली नागरिक सहितका निर्दोष हिन्दू पर्यटकहरुको आत्माको शान्ति हेतु श्रद्धांजलि अर्पण गरिएको छ।
वीरगञ्जको घण्टाघर स्थित सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा मृतकको आत्माको चिरशान्तीका लागि सहभागीहरूले मैनबत्ति बालेर एक मिनेट मौन धारण समेत गरेका थिए।
सो अवसरमा वक्ताहरूले धर्मको नाममा सामाजिक सदभाव बिथोलिदै यसरी बर्बरताका साथ नेपाली लगायत अन्य ठाउबाट आएका हिन्दुहरुलाई गोलि हानि मारिएको घटनाप्रती घोर विरोध समेत जनाएका थिए।

तराई मधेस महिला फाउन्डेशन नेपालको अध्यक्ष सुनिता साह क्रान्तिको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा बिपिन साह, दिपेन्द्र पटेल, सुधिर साह, रोहन साह, मैना देवि साह लगायतका महिला तथा युवाहरूको सहभागीता रहेको थियोे ।

प्रकाशित मिति: २०२५-०४-२८ , समय : ०८:४९:३३ , 7 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित