कोशी प्रदेश : रंगेलीमा आगलागी हुँदा ६ लाख बराबरको क्षति
मिति: २०२५-०४-२८ , समय : १४:२६:३९ , रबिन्द्र बराल
मिति: २०२५-०४-२८ , समय : १४:२६:३९ , रबिन्द्र बराल
रबिन्द्र बराल
विराटनगर ।
कोशी प्रदेशको मोरङकाे रंगीली ८ दर्वेशामा रहेको बिनोद पासवान र अमोद पासवानको घरमा गएराती आगलागी हुदा २ घर जलेर नष्ट भएको छ । टिनको छानोमा बाँसको टाटिबेरा भएको भुई तल्ले २ वटा घरमा बिधुत सर्ट भई आगलागि भएको प्रहरीले जनाएको छ ।
आगाे नियन्त्रणका लागि नेपाल प्रहरी, रंगेली नगरपालिकाको दमकल, कानेपोखरीकाे दमकल र स्थानिय बासिको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साे आगलागिमा खाद्यान्न ,लत्ताकपडा ,नगद, खसी, बाख्रा लगायत गरि झण्डै ६ लाख रुपैयाँ बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक सन्ताेष कुमार खड्काले बताए ।
प्रकाशित मिति: २०२५-०४-२८ , समय : १४:२६:३९ , 3 hours अगाडि