सप्तरीको कञ्चनरुपबाट ठूलो परिमाणमा गाँजा बरामद
मिति: २०२५-०४-३० , समय : १३:१४:२५ , गामघर डेस्क
मिति: २०२५-०४-३० , समय : १३:१४:२५ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. २ बरमझिया स्थित पूर्व–पश्चिम लोकमार्गमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी निरीक्षक लेख बहादुर विष्टको कमाण्डमा खटिएको गस्ती टोलीले शंका लागि रोकेको अटोबाट ७९.७६ केजी लागुऔषध गाँजा फेला परेको हो।
प्रहरीका अनुसार २०८२ साल बैशाख १६ गते राति करिब ९:५० बजे गोवास टोलाबाट भारदह तर्फ जाँदै गरेको स.१.ह.१७१६ नम्बरको अटोमा शंका लागी रोक्न खोज्दा चालक अटो छाडेर फरार भएका थिए। अटो नियन्त्रणमा लिएर जाँच गर्दा त्यसमा ३ बोरा, १ कालो सुटकेस र १ रातो झोलाभित्र गाँजा रहेको फेला परेको हो।
नापतौल गर्दा जम्मा ७९.७६ केजी लागुऔषध गाँजा रहेको पुष्टि भएको छ। बरामद गरिएको अटो र गाँजा हाल इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ । यता फरार चालकको खोजी र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०४-३० , समय : १३:१४:२५ , 4 hours अगाडि