रेशम चौधरीलाई पक्राउ गर्ने पत्र अनधिकृत रहेको सर्वोच्च अदालतकाे भनाइ : अनधिकृत पत्र लेख्ने विष्ट पक्राउ
मिति: २०२५-०४-३० , समय : १७:१४:५२ , गामघर डेस्क
मिति: २०२५-०४-३० , समय : १७:१४:५२ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । सर्वोच्च अदालतले रेशम चौधरीलाई पक्राउ गर्नेसम्बन्धी पत्र आधिकारिक नरहेको जनाएको छ । सर्वाेच्चको पत्रका आधारमा प्रहरीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेपछि सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले विज्ञप्ति निकालेर सर्वोच्चका कर्मचारीले अनधिकृत पत्र लेखेको जानकारी गराउनुभएको हो ।
विज्ञप्तिमा अनधिकृत रूपमा पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाही प्रक्रिया शुरू भएको उल्लेख छ । सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि भएको आममाफीको निर्णय नै उल्ट्याइदिँदै पक्राउ गर्न पत्र लेखेका थिए । पत्र अनधिकृत रहेको पाइएपछि प्रहरीले विष्टलाई पक्राउ गरिसकेको छ ।
सर्वोच्च अदालतले चौधरीलाई थुनामुक्त गर्न प्रहरीलाई पत्र पठाइसकिएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२५-०४-३० , समय : १७:१४:५२ , 4 hours अगाडि