जसपा नेतृ डाक्टर बबि सिह यादबकाे पेस्तोल पड्काएर नाचेकाे भिडियो भाइरल ….( भिडियो सहित )
सप्तरीका एसपी ढकेन्द्र खतिवडाले साे भिडियोकाे बिषयमा अनुसन्धान भइरहेको बताए ।
मिति: २०२५-०५-०१ , समय : ०८:५६:१३ , गामघर डेस्क
मिति: २०२५-०५-०१ , समय : ०८:५६:१३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सामाजिक सञ्जालमा हिजो रातिदेखि जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेतृ डा. बबीसिंह यादवले पेस्तोल पड्काउँदै नाचिरहेकी भिडियो भाइरल भइरहेको छ।
भिडियोमा नेतृ यादव हावामा पेस्तोल नचाउँदै अन्य २ महिला र ३ जना युवाको साथमा नाचिरहेकी छिन्। शीर्षखबर डटकमलाई प्राप्त उक्त भीडीओको पृष्ठभूमीमा भोजपुरी गीत बजिरहेको छ। त्यसै बेला उनले एक युवकसँग केही कुरा गर्छिन र माथि फर्काएर एक पटक फायर गर्छिन।
पेस्तोल पड्किएपछि निस्किएको आवाज र धुवाँबाट वच्न उनले टाउको झुकाएको र एकछिन पेस्तोल हावामै नचाएको देखिन्छ। त्यसपछि कालो कुर्था र सेतो सुरवाल लगाएका युवकलाई पेस्तोल दिन्छन्। ती युवा पेस्तोल पड्किँदा निस्किएको धुवाँ फुकेर उडाउँदै पेस्तोल लिएर हिड्छन्।
उक्त भिडियो कहाँ र कहिले खिचिएको हो भन्ने स्पष्ट छैन। तर, सप्तरीमा धेरै हत्याहरु गुमनाम भएर हत्यारा पत्ता नलाग्ने गरेको प्रकरणमा यस्तै हतियार मुख्य कारक भएको भन्दै धेरैले आलोचना गरेका छन्।
सप्तरीको बोदे बरसाईन नगरपालिका–५ घर भएकी डा यादव जसपा नेपालका उपाध्यक्ष र पूर्वमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् भने मधेस प्रदेश सदस्य अनिरुद्ध प्रसाद सिंहकी भतिजी र बोदेबरसाइन नगरपालिकाका मेयर आतेसकुमार सिंहकी बहिनी हुन।
सामाजिक सञ्जालमा भीडीओ भाईरल भएपछि डा. यादवले भने उक्त भीडीओमा देखिएको पेस्तोल असली नभएर खेलौना भएको जनाएकी छिन्।
फेसवुकमा उनले लेखेकी छिन्–‘केहि समय यता सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियो प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। एक वैवाहिक समारोहकाबीच मैले रेन्जर टोइ नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाई दिनहुनका लागि यहाँ सम्पूर्णमा अनुरोध एवं आग्रह गर्दछु। साथै, सो भिडियो नितान्त मनोरञ्जनात्क मात्रै भएको समेत जानकारी गराउँदछु।’
प्रकाशित मिति: २०२५-०५-०१ , समय : ०८:५६:१३ , 2 months अगाडि