सप्तरीको सुरुङ्गामा सवारी दुर्घटना हुदा एक जना पुरुषकाे मृत्यु

मिति: २०२५-०५-०२ , समय : १४:००:४८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीकाे सुरुङ्गा नगरपालिका वडा न.५ कुशहा नजिकै पूर्व–पश्चिम राजमार्गमा गएराति भएको सवारी दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिहीबार राति १ बजे तिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६७ प ९५७३ मोटरसाइकलले सडकको छेउमा रोकी राखिएको प्र २–०१–००१ क ००४५ नम्बरको टिपरलाई पछाडिबाट ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ४० वर्षका पुरुष गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल लहान सिराहा लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
हालसम्म मृतकको नाम, थर तथा ठेगाना खुल्न नसकेको हुँदा सुरक्षाकर्मीहरूले उनको पहिचान खुलाउन सर्वसाधारणको सहयोग आग्रह गरेका छन्।

प्रकाशित मिति: २०२५-०५-०२ , समय : १४:००:४८ , 19 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्