सप्तरीका राई सहित चार जना स्रोत नखुलेको ९५ लाख रुपैयाँ सहित पक्राउ
मिति: २०२५-०५-०४ , समय : २२:२९:११ , गामघर डेस्क
मिति: २०२५-०५-०४ , समय : २२:२९:११ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । स्रोत नखुलेको ९५ लाख १७ हजार ५०० रुपैयाँसहित चार जना पक्राउ परेका छन् । उनीहरुलाई काठमाडौं महानगरपालिका ९ पिंगलास्थानस्थित पशुपति भिजन अगाडि सडमा २ वटा मोटरसाइकलमा शंकास्पद अवस्थामा देखिएपछि प्रहरीले पक्राउ गरेको सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिएका छन् । पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका ३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीकाे सप्तकोशी नगरपालिका १ घर भएका ४३ वर्षीय गणेश राई, लमजुङ दोदी गाउँपालिका ३ का ३१ वर्षीय सन्तोष गुरुङ र अर्का ३९ वर्षीय सन्तोष घिमिरे रहेका छन् ।
प्रकाशित मिति: २०२५-०५-०४ , समय : २२:२९:११ , 8 hours अगाडि