मधेसमा कुश्राप बन्दै दाइजो : दाइजोमा मोटरसाइकल नदिएको भन्दै १८ वर्षीया ज्योती साहको हत्या

मिति: २०२५-०५-०६ , समय : ०९:१०:२६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
दाइजोमा मोटरसाइकल नपाएको भन्दै १८ वर्षीया ज्योती साहको हत्या गरिएको आरोप उनका परिवारजनले लगाएका छन्। मधेस प्रदेशको महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीकी ज्योती सात महिनाअघि जनकपुरधाम उपमहानगरपालिका–१३ का किसन साहसँग विवाह भएकी थिइन्। विवाहका बेला ससुरा पक्षले मोटरसाइकल लिने सहमति जनाए पनि समयमा नदिएको भन्दै उनीमाथि अत्याचार भएको र अन्ततः हत्या गरेर झुन्ड्याइएको परिवारको दाबी छ।

गत सोमबार माइतीबाट ससुराल गएकी ज्योती जनकपुरको प्रादेशिक अस्पतालमा मृत भेटिइन्। शवमा चोटपटक, भाँचिएको हात र कनपटीमा गम्भीर चोटको चिन्ह देखिएको जनाइएको छ। प्रहरीले श्रीमान् किसन साहलाई पक्राउ गरिसकेको छ भने सासु पनि पक्राउ परेकी थिइन्, तर वडाध्यक्षको जमानतमा रिहा गरिएको बताइएको छ। मृतक ज्योती गर्भवती थिइन् भन्ने पनि परिवारजनको दाबी छ। यसबीच धनुषा प्रहरी र ससुरा पक्षले भने घटनाबारे स्पष्ट धारणा दिन अस्वीकार गरेका छन ।

प्रकाशित मिति: २०२५-०५-०६ , समय : ०९:१०:२६ , 8 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित