भारतीय नम्बर प्लेटको ट्रकमा दुई सय किलो गाँजा बरामद
मिति: २०२५-०५-०७ , समय : १६:१२:४९ , गामघर डेस्क
मिति: २०२५-०५-०७ , समय : १६:१२:४९ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । चितवनमा आज बिहान भारतीय नम्बर प्लेटको ट्रकमा ओसारपसार भइरहेको दुई सय किलो गाँजा बरामद भएको छ । रातको अन्दाजी २ बजे खैरहनी नगरपालिका–३ टुंगारास्थित भित्री सडकबाट प्रहरीले करिब २०० किलो गाँजासहित ट्रक र तीन जनालाई नियन्त्रणमा लिइएको जनाएको छ ।पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको उक्त ट्रकमा लागुऔषध (गाँजा) ओसारपसार भइरहेको छ भन्ने सूचना प्रहरीले पाएको थियो । लगत्तै इलाका प्रहरी कार्यालय खैरहनीबाट प्रहरी बरिष्ठ नायब निरीक्षक मोतीराम शर्मा र प्रहरी चौकी चैनपुरबाट सहायक निरीक्षक द्वारिका खवाससहितको टोली चेकजाँचमा खटियो ।
सो क्रममा टुंगारामा भेटिएको उक्त ट्रकको क्याबिनमा फल्स बटमभित्र करिब २०० किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी टोलीले गाँजा र ट्रकसहित चालक भारत बिहार मोतीहारी जिल्ला मधुबन बस्ने ४० वर्षीय बिरेश यादव र त्यसमा सवार अरु दुईजना नेपाली चितवनकै राप्ती नगरपालिका– १२ का ४७ वर्षीय चन्द्रबहादुर तामाङ र वर्ष २५ को सुभाष तामाङलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०५-०७ , समय : १६:१२:४९ , 21 hours अगाडि