मधेस प्रदेश : अनलाइनकाे माध्यमबाट ठगी धन्दा गर्ने गिराेह पक्राउ

मिति: २०२५-०५-०८ , समय : १५:५२:३९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । उनीहरुले सस्तोमा मोबाइल, मोटरसाइकल जस्ता समान दिने भनेर ठगी गर्ने गरेका थिए । पक्राऊ परेकाहरूको साथबाट १० वटा मोबाइल समेत फेला परेको छ । त्यो मोबाइलबाट विभिन्न बैंक तथा वित्तीय संस्था तथा वालेट आईडी समेत गरी एक सय ८७ वटा खाता खोलेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

उनीहरूले सस्तो दरमा समान दिने भनेर अनलाइन ठगी गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । उनीहरूले अग्रिम भुक्तानी लिएर सम्पर्क विहीन हुने गरेका थिए । हाल सम्म उनीहरूको २१ वटा फेक एकाउन्ट र पेज फेला परेको प्रहरी उपरीक्षक रेग्मीले बताए । उनीहरु माथि अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: २०२५-०५-०८ , समय : १५:५२:३९ , 5 hours अगाडि