डिआईजी चतुर्वेदीले मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
मिति: २०२५-०५-०९ , समय : ११:४६:१२ , गामघर डेस्क
मिति: २०२५-०५-०९ , समय : ११:४६:१२ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
प्रहरी नायब महानिरीक्षक (डिआईजी) उमा प्रसाद चतुर्वेदीले मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।तत्कालिन मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी लालमणि आचार्य प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएपछि उनको ठाउँमा चतुर्वेदीलाई जिम्मेवारी दिइएको हो ।
डिआईजी चतुर्वेदीले जनकपुर पुगेर आजदेखि नै प्रदेश प्रहरीको कमाण्ड सम्हालेका हुन् । उनलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।उनले प्रदेश कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पिडित मैत्री सहज र द्रुत प्रहरी सेवा, मानव अधिकार संरक्षण, प्रहरीको आचरण र व्यवहारमा सुधार गर्न निर्देशन दिए ।
प्रकाशित मिति: २०२५-०५-०९ , समय : ११:४६:१२ , 2 months अगाडि