बिचित्र संसार : बलात्कार आरोपमा आफ्नै सहोदर दाजुभाइ पक्राउ
मिति: २०२५-०५-११ , समय : २१:१२:३४ , गामघर डेस्क
मिति: २०२५-०५-११ , समय : २१:१२:३४ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । कलयुगमा जे पनि हुन सक्छ है …जसकाे पछिल्लो उदाहरण हाे, कैलालीमा एक जना युवतीमाथि बलात्कार गरेको आरोपमा सहोदर दाजुभाइ पक्राउ परेका छन् । प्रहरीका अनुसार कैलालीको एक गाउँपालिका घर भएकी २५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सोही ठाउँका ५८ र ५३ वर्षीय दाजुभाइ पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार आरोपित दाजुभाइले स्पष्ट बोल्न नसक्ने ती युवतीमाथि जबरजस्तीकरणी गरेको उजुरी परेको थियो । सोही उजुरीको आधारमा अनुसन्धानका लागि दुवै जनालाई नियन्त्रणमा लिएको उनले बताए ।
डीएसपी चन्दका अनुसार पीडित महिलाले गर्भ जाँच गरेको र सो क्रममा आफू गभर्वती रहेको बताएकी छन् । यता ती युवतीले आफूमाथि दाजुभाइले पटक-पटक जबरजस्तीकरणी गरेको उजुरी दिएकी छन् ।
प्रकाशित मिति: २०२५-०५-११ , समय : २१:१२:३४ , 2 days अगाडि