मधेश प्रदेशमा एक महिनामा सवारी दुर्घटनामा ६४ जनाको मृत्यु

मिति: २०२३-०३-२० , समय : १७:५३:२० , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशमा सवारी दुर्घटनामा परेर फागुन महिनामा ६४ जनाको मृत्यु भएको छ ।

प्रदेशको विभिन्न जिल्लामा ६१९ वटा सवारी दुर्घटना हुँदा ५ बालबालिकासहित ६४ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

त्यस्तै दुर्घनामा परेर ४८ जना पुरुष, ११ जना महिला र ५ जना बालबालिकाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

यस्तै, सो दुर्घटनाहरुमा परेर ९४४ जना घाइते भएका छन् । जसमा ६६२ जना पुरुष, १५४ जना महिला र १२८ जना बालबालिका रहेका छन् ।

यस अवधिमा प्रहरीले ३० हजार ७९८ वटा सवारीलाई कारवाही गर्दा २ करोड ४८ लाख ९९ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।

प्रकाशित मिति: २०२३-०३-२० , समय : १७:५३:२० , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित