बर्षाेकाे प्रतिक्षापछि सप्तरीको राजविराज बसपार्क एक हप्ताभित्र उदघाटन हुने
मिति: २०२५-०५-१२ , समय : १८:२७:४२ , गामघर डेस्क
मिति: २०२५-०५-१२ , समय : १८:२७:४२ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको सदरमुकाम राजबिराज नगरपालिका वडा न.२ स्थित बस पार्क एक हप्ता भित्रै उद्घाटन हुने भएको छ ।
सोमवार राजबिराज नगरपालिका कावा नगर प्रमुख ईसरत परविनको अगुवाईमा तथा प्रमुख जिल्ला अधिकारी भोला दाहाल सहित सरोकारवाला निकायहरूको टोलीले स्थलगत अनुगमन,निरीक्षण गर्दै बसपार्क सुचारू गर्न सम्पूर्ण तयारी पूरा भएको बताईएको हो ।
कावा नगर प्रमुख परविनले राजविराज बसपार्कको स्थलगत अवलोकन,अनुगमन तथा निरीक्षण कार्य सम्पन्न भइसकेकोले उदघाटनका लागि आवश्यक तयारीहरू अन्तिम चरणमा पुगेका बताइन । उहाँले राजबिराज बसपार्क संचालनका लागि कार्य विधि बनाएर एक हप्ता भित्र बसपार्क उद्घाटन गरिने बताइन ।
बसपार्क संचालनमा आएपछि बर्षो देखि राजबिराज नगरको मुख्य सडकमा देखिएको चाप सँगै बजारको ट्राफिक जाम लगायतमा सुधार हुने कावा प्रमुख परविनले बताइन । सहरी विकास मन्त्रालयको १७ करोड रुपैयाँको लागतमा यहाँको गौरबको योजना राजविराज बसपार्क निर्माण भएको छ ।
२०७७ पुस १८ भित्र सम्पन्न गर्नेगरी काठमाडौंको कुलेश्वरस्थित सिनर्जी विल्डर्स प्रालिले निर्माणको ठेक्का लिएको थियो।
सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय राजबिराजले गत बैशाख २३ गते एक कार्यक्रम विच राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत परविनलाई राजबिराज बसपार्क हस्तान्तरण गरिसकेको छ ।
बसपार्कमा सेड, घन्टाघर, भित्री सडक, सर्भिस सेन्टर, शौचालय, टर्मिनल भवन तथा बाउन्ड्री वालसमेत गरी १६ करोड ३८ लाख ९६ हजार ५ सय १९ रुपैयाँ (भ्याटबाहेक) को लागतमा योजना सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२५-०५-१२ , समय : १८:२७:४२ , 2 days अगाडि