सप्तरीको मलेठमा जारी महायज्ञकाे मुख्य मण्डपमा आगलागी : मण्डप जलेर खरानी

मिति: २०२५-०५-१३ , समय : ११:५६:३७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको रुपनी गाउँपालिका वडा न.५ मलेठस्थित औद्योगिक क्षेत्रमा आयोजना गरिएकाे महायज्ञकाे मण्डपमा आगलागी भएको छ ।
महायज्ञको आठाे दिन सोमबार साँझ मुख्य मण्डप आगलागीमा हुदा मण्डप जलेर नष्ट भइ आगाे आफै निभाएका थिए ।
हवन भइरहेको बेला एक्कासी आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । मण्डप लगायत लत्ताकपडा, हवनका सामग्री जलेर नष्ट भएको छ ।
आगो निभाइ सकेपछि राजविराज नगरपालिकाबाट बारुण यन्त्र गएकाे थियाे । आगाे आफै लागेर आफै निभाएका थिए ।
यहाँ गत २१ बैशाखदेखि महायज्ञको आयोजना गरिएको थियो ।
औद्योगिक क्षेत्रको जमिनमा रहेको दोषबाट मुक्ति दिलाउन शुद्धीकरण स्वरुप समेत यो महायज्ञ आयोजना गरिएको थियो ।ल
महायज्ञमा एक हजार आठ मण्डपमा कीर्तन मण्डली, हनुमान आराधना मण्डली, वृन्दावनको रासलीला, रामलीला, रामचरित्र मानस पाठ, उच्चकोटी विद्वानद्वारा प्रवचन तथा विशाल भण्डारा समेतको व्यवस्थापन गरिएको थियो ।

प्रकाशित मिति: २०२५-०५-१३ , समय : ११:५६:३७ , 1 day अगाडि