सप्तरीमा नाबालिकालाई जर्वजस्तीकरणी गरेको आरोपमा एक जना पक्राउ
मिति: २०२५-०५-१५ , समय : १६:२७:३८ , गामघर डेस्क
मिति: २०२५-०५-१५ , समय : १६:२७:३८ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीमा नाबालिकासँग जर्वजस्तीकरणी गरेको आरोपमा एक जना नाबालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.३ लक्ष्मीपुरका १६ बर्षीय नाबालक छन् ।
सप्तरीको सुुरुङ्गा नगरपालिका वडा न.३ स्थित लक्ष्मीपुर वन क्षेत्रमा नावालिकासँग जर्वजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।
गत १३ बैशाखमै नाबालिकासँग जर्वजस्ती करणी गरेर फरार भएका उनलाई २७ बैशाखमा पक्राउ गरीएकाे तथा सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०५-१५ , समय : १६:२७:३८ , 9 hours अगाडि