इजरायली हवाई आक्रमणमा कम्तीमा ५४ जनाको मृत्युु
मिति: २०२५-०५-१५ , समय : १७:०७:३१ , गामघर डेस्क
मिति: २०२५-०५-१५ , समय : १७:०७:३१ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
इजरायलले दक्षिणी गाजा शहरमा रातभर गरेको हवाई आक्रमणमा कम्तीमा ५४ जनाको ज्यान गउको छ । दक्षिणी गाजाको खान युनिस शहरमा कम्तीमा नौ अलग–अलग ठाउँमा आक्रमण भएको त्यहाँको अस्पताललाई उद्धृत गर्दै एपीले जनाएको छ ।
इजरायलले दक्षिणी गाजामा आक्रमण गर्दैगर्दा उत्तरी गाजा शहरका केही भागहरू छोड्न मानिसहरूलाई आदेश दिएको छ । आफ्ना सेनाले उत्तरतिर तीव्र बलका साथ आक्रमण गर्ने चेतावनी दिएको खबरमा उल्लेख छ ।
गाजामा प्रवेश गर्ने सहायतामाथि इजरायली नाकाबन्दी जारी रहँदा हवाई आक्रमण भएको हो । गएको १० हप्तादेखि कुनै पनि सहायतालाई अनुमति दिइएको छैन ।
उत्तरी र दक्षिणी गाजामा हिजो भएको हवाई आक्रमणमा कम्तीमा ७० जनाको ज्यान गएपछि यो भारी बम विस्फोटको दोस्रो रात हो ।
यी आक्रमणहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको भ्रमण गरिरहेका बेला भएका हुन् । ट्रम्पले खाडी देशहरूको भ्रमण गरिरहनुभएको छ तर इजरायल भने जानु हुनेछैन । एजेन्सी
प्रकाशित मिति: २०२५-०५-१५ , समय : १७:०७:३१ , 6 hours अगाडि