इन्जिनियर यादव घुसको ५ लाख ७० हजार रुपैयाँसहित पक्राउ

मिति: २०२५-०५-१६ , समय : ०५:४१:२९ , गामघर डेस्क

फायल फाेटाे

गामघर डेस्क

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ओखलढुङ्गास्थित सघन सहरी तथा भवन निर्माण आयोजनामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवलाई पाँच लाख ७० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्न सेवाग्राहीसँग यादवले घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टोली खटिएको थियो ।
सोही क्रममा यादवलाई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ बाट घुस रकमसहित रंगेहात नियन्त्रणमा लिइएको हो ।यादव सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा बिहीबार पक्राउ परेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जनाएको छ । आयोगले हाल उनलाई नियन्त्रणमा राखी थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: २०२५-०५-१६ , समय : ०५:४१:२९ , 1 month अगाडि