गर्मी बढेपछि सर्पकाे बिगबिगी : सर्पको टोकाईबाट एकको मृत्यु, अर्काे घाईते

मिति: २०२५-०५-१७ , समय : १२:४५:०५ , गामघर डेस्क

फायल फाेटाे

गामघर डेस्क

इनरुवा । कोशी प्रदेशको सुनसरीमा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक घाईते भएका छन् । सर्पको टोकाईबाट सुनसरीको कोशी गाउँपालिका वडा न.२ लौकहीकी २४ वर्षीया आशादेबी साहको मृत्यु भएको छ भने इनरुवा नगरपालिका ९ बबियाकी ५५ वर्षीया जनकमैन मेहता घाईते हुनुभएको छ । साहलाई बाँया खुट्टामा सर्पले टोकेको र उपचारका लागि अस्पताल ल्याउदै गर्दा मृत्यु भएको थियो भने मेहता उपचारपछि निको हुनुभएको छ ।
सुनसरीको कोशी गाउपालिका वडा न.२ लौकहीमा श्रीमती आशा देबी साहलाई आफ्नै परालको माचमा पराल लिनजाँदा सर्पले बाँया खुट्टामा टोकेको र उपचारका जिल्ला अस्पताल इनरुवा ल्याएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि नोवेल अस्पताल विराटनगर लगेकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको डाक्टरले घोषणा गरेको मृतकका पती रंजित साहले जानकारी दिनुभयो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएको भन्दै विराटनगर पठाएकोमा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लौकहीका प्रहरी बरिष्ठ नायवन निरीक्षक अशोक कोईरालाले जनाकारी दिनुभयो ।
यसैबीच शुक्रबार नै इनरुवा नगरपालिका ९ बबियामा जनकमैन मेहतालाई आफ्नै घर अगाडी राखेको मकैको पात उठाउने क्रममा सर्पले टोकि घाईते भएकोमा उपचारको लागि जिल्ला अस्पताल सुनसरी लगिएकोमा सन्चो भएको छ ।

प्रकाशित मिति: २०२५-०५-१७ , समय : १२:४५:०५ , 1 month अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित