सप्तरीकाे कोशी पलारमा चट्याङ लागेर एक भारतीय बालिकाको मृत्यु

मिति: २०२५-०५-१७ , समय : १४:५७:१२ , गामघर डेस्क

फायल फाेटाे

गामघर डेस्क

राजविराज।
सप्तरीमा शनिबार चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएका छन् । हावाहुरीसंगै विहान चट्याङले भारतीय नागरिक जहिद खानकी ७ बर्षिया छोरी जेनव खानको मृत्यु भएको हो ।
चट्याङबाट घाइते भएका बालकको राजविराज स्थित सप्तरीको राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । चट्याङ लागेर घाइते सोही स्थानका गुलु खानको ७ बर्षको छोरा जुविरको छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृतक बालिकाको शव अस्पतालमा रहेको तथा बालकको स्वास्थ्य अवस्थामा सुधार भइरहेको प्रहरीले जनाएको छ ।
भारत उत्तर प्रदेश सामिल केरना पञ्चायत घर भइ हाल सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न.१४ डलबा स्थित कोशी बगरमा अस्थायी टहरा बनाई खरभुजा खेती गरी उहाँहरु बस्दै आएका थिए ।

प्रकाशित मिति: २०२५-०५-१७ , समय : १४:५७:१२ , 1 month अगाडि

यहाँ कमेन्ट गर्नुहोस्