सप्तरीको बोदेबर्साईनबाट अबैध लागूऔषधसहित एक युवक पक्राउ

मिति: २०२५-०५-१८ , समय : ०७:५६:५६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको बोदेबर्साईन नगरपालिकामा अबैध लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। सप्तरीको बोदेबर्साईन नगरपालिका वडा न.५ स्थित बजार क्षेत्रमा नियमित चेकजाँचका क्रममा प्रहरीले २३ वर्षीय मो. इसमाईललाई नियन्त्रणमा लिएको हो।
बोदेबर्साईन-३, सारस्वर टोल निवासी इसमाईलको शरीर तलासी गर्दा नेटजेडइकेयर १० लेखिएको १२ वटा ट्याब्लेट सहित तीन थान मोबाइल फोन समेत फेला परेको प्रहरीले जनाएको छ।
बरामद मोबाइलमध्ये आइटेल, भिभो र रेडमी कम्पनीका स्क्रिन टच मोडेल छन्। घटनापछि इसमाईललाई थप अनुसन्धानका लागि जिल्ला अदालत सप्तरीबाट ४ दिनको म्याद लिइएको प्रहरीले जनाएको छ।
यता स्थानीय बासिन्दाहरूले यस क्षेत्रमा बढ्दो लागूपदार्थ कारोबारप्रति चिन्ता व्यक्त गर्दै प्रहरीलाई निगरानी अझ कडा गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: २०२५-०५-१८ , समय : ०७:५६:५६ , 1 month अगाडि