ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बोदे बर्साईनको वार्षिकोत्सव एवम् स्नेह मिलन कार्यक्रम

मिति: २०२५-०५-१९ , समय : १८:३४:३१ , उमेश कुमार साह

तस्बिर : उमेश कुमार साहको सहयोगमा

उमेश कुमार साह

राजविराज । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बोदे बर्साईन उप-सेवा केन्द्रको २० औं वार्षिकोत्सव एवम् स्नेह मिलन कार्यक्रम सम्पन्न भएको छ । उप- सेवा केन्द्र बोदे बर्साईनको आयोजनामा सोमबार एक समारोहको आयोजनासहित कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सप्तरीको बोदे बर्साईन नगरपालिकाका नगरप्रमुख आतेश कुमार सिंहले ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको सामाजिक परिवर्तनको साथसाथै सनातन सेवा, मितव्ययीता, पारदर्शीता योग लगायतका सेवा र योगदान सवैले सिको गर्ने खालको रहेको बताउनुभयो । उहाँले सकरात्मक चिन्तनको लागि मानिस आध्यात्मिक, सादगी र सरल हुनु आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा पत्रकार दिनानाथ यादव , राससका पत्रकार उमेश कुमार साहले असल ज्ञानले ईश्वरीय साधनामा लाग्न प्रेरित गर्ने धारणा राख्नुभयो । संस्कार, मूल्य मान्यता स्थापित गरी सामाजिक रुपान्तरण गर्न ब्रह्ककुमारी ईश्वरीय विश्वविद्यालयको विशेष योगदान रहेको सहभागी वक्ताहरूको भनाई थियो ।

जिल्ला भरी ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका शाखा, उपशाखा र इकाई गरी विभिन्न ठाउँबाट दैनिक सेवा प्रदान भइरहेको जानकारी दिनुभयो । जिल्लाका शाखा, उपशाखा र इकाईबाट दैनिक २ हजार बढी साधकहरूले लाभ लिइरहेको उप सेवा केन्द्र बोदे बर्साईनकी संचालिका पुनम कुमारीले बताउनुभयो । यस कार्यक्रमको औचित्यताबारे बताउँदै ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय सामाजिक कार्यमा समर्पित संस्था भएको बताउँदै संस्थाले दैनिक राजयोग साधना, प्रवधन, सनातन संस्कृति संरक्षण, स्नेह मिलन, सकारात्मक सोचसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो ।

ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय सप्तरीकी सञ्चालिका ब्रह्मकुमारी भगवती दिदिको अध्यक्षता फत्तेपुरकी सञ्चालिका मिरा दिदिको स्वागत तथा ब्रह्मकुमार सरोज यादवको सञ्चालनमा कार्यक्रम भएको हो ।

प्रकाशित मिति: २०२५-०५-१९ , समय : १८:३४:३१ , 4 weeks अगाडि