मधेस प्रदेश : कृषि फर्ममा अबैध गाँजाको कारोबार, तीनजना युवक पक्राउ
मिति: २०२५-०५-२० , समय : १०:५९:५१ , गामघर डेस्क
मिति: २०२५-०५-२० , समय : १०:५९:५१ , गामघर डेस्क
गामघर डेस्क
सिरहा । मधेस प्रदेशको सिरहाबाट अबैध लागूऔषध गाँजासहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको नरहा गाउँपालिका-१ का ३५ वर्षीय संजय दास, सोही ठाउँका ३१ वर्षीय रामशरण दास र बाराको कलैया उपमहानगरपालिका-४ घर भई संजय दासको गाडी चालक २० वर्षीय धिरज महतो छन् ।
आइतबार नरहा गाउँपालिका-१ देवीपुरबाट तीन जनालाई गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका संजयले देवीपुरमा सञ्चालन गरेको शिद्धीक्षा पशुपालन तथा कृषी फर्मबाट ३१ किलो ८ सय २० ग्राम गाँजा बरामद भएको सिरहा प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट ४ थान मोबाइल र गाँजाको बोरा सिलाउने मेसिन पनि प्रहरीले बरामद गरेको छ । सिरहा जिल्ला अदालतबाट म्याद लिई यस विषयमा विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।
प्रकाशित मिति: २०२५-०५-२० , समय : १०:५९:५१ , 4 weeks अगाडि