सप्तरीमा डाका मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ
मिति: २०२३-०३-२१ , समय : ०८:३९:१५ , गामघर डेस्क
मिति: २०२३-०३-२१ , समय : ०८:३९:१५ , गामघर डेस्क
तस्बिर : जिल्ला प्रहरी कार्यालय सप्तरी
गामघर डेस्क
राजविराज । सप्तरीमा डाँका मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको देरबसाईन नगरपालिका वडा न. ३ का ६५ वर्षीय फुल कुमार चौधरी थारु रहेका छन् ।
उनीसमेत ११ जनामाथि २७ जेठ २०५८ सालमा सप्तरीको साबिक फुलकाही गाविस ६ बस्ने सुर्य नारायण पाल समेतको घरमा डकैती गरेको अभियोग छ । सप्तरी जिल्ला अदालतले १० चैत २०७१ मा चौधरीलाई ६ वर्ष कैद र एक लाख १९ हजार १८२ रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । डाँकाको बेलादेखि उनी फरार रहेका थिए । शनिबार उनलाई पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जरिवाना ठहर भई भई फरार रहेका प्रतिवादीहरु मध्येका जिल्ला सप्तरी सारस्वर गा.बि.स.वडा नं.२ हाल बोदेरबसाईन नगरपालिका वडा नं.३ मा बस्ने खुशिलाल थारुको छोरा बर्ष ६५ को फुल कुमार चौधरी थारुलाई मिति २०७९।१२।०५ गतेका दिन प्रहरी टोलीले गाउँ घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी आज सम्मानित जिल्ला अदालतमा दाखिला गराउँदा निज प्रतिवादीलाई कैद भुक्तानको लागी कारागार चलान गरेको ।
प्रकाशित मिति: २०२३-०३-२१ , समय : ०८:३९:१५ , 3 years अगाडि