स्रोत नखुलेको २५ लाख रकम सहित सप्तरीका साह र धमाला पक्राउ

मिति: २०२५-०५-२१ , समय : १२:२०:३३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । प्रहरीले काभ्रेको बनेपा नगरपालिका-१४ साँगाबाट स्रोत नखुलेको २५ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।मंगलबार दिउँसो पनौतीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख २४१६ नम्बरको यात्रुबाहक बस रोकेर जाँचको क्रममा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ का २१ वर्षीय राजन धमालाले बोकेको रातो जेब्रा झोलाबाट स्रोत खुल्न नसकेको २५ लाख रुपैयाँ नगद फेला परेको हो ।

नगद बोकेका धमालासँगै यात्रामा रहेका उनका साथी सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ निवासी ३८ वर्षीय सञ्जय कुमार साहालाई समेत प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति: २०२५-०५-२१ , समय : १२:२०:३३ , 4 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित