सप्तरीको नगर प्रमुख नै असुरक्षित : राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख सुरक्षाको माग गर्दै प्रहरी समक्ष
मिति: २०२५-०५-२२ , समय : १५:५५:३५ , गामघर डेस्क
मिति: २०२५-०५-२२ , समय : १५:५५:३५ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनले शान्ति सुरक्षाको माग गदै बिहीबार जिल्ला प्रहरी कार्यालय पुगेकी छन् । नगरपालिका कार्यालयबाट केही वडाध्यक्ष र सफाइकर्मीसहित उनी प्रहरीकहाँ पुगेकी हुन् ।
बुधवार साँझ योजना शाखा प्रमुख मनोजकुमार यादवको नेतृत्वमा अन्य केही व्यक्तिले नगरपालिकामा तोडफोड गर्दै आपराधिक उपद्रव गरेको लिखित जाहेरीसहित उहाँले योजना प्रमुख मनोजकुमार यादव र अन्य संलगनलाई कारबाहीको माग गरेकी छन् ।
गत वर्ष नै सफाइकर्मीले काम गरेको १७ दिनको तलब बाँकी रहेको र सोको भुक्तानीका सन्दर्भमा राजविराज नगरपालिकामा विवाद भएको थियो । नगर प्रमुखकै कार्यकक्षमा योजना प्रमुख र बाहिरका व्यक्ति आएर तोडफोड गर्दा समेत प्रहरीले संलग्नलाई पक्राउ नगरेको कार्यवाहक नगरप्रमुख परविनको आरोप छ ।
यता योजना शाखा प्रमुख यादवले कार्यवाहक नगरप्रमुखले जबरजस्ती राति कागजातमा सही गर्नुपर्ने बताएपछि सामान्य तनाव भएको बताउनु भयो ।
प्रकाशित मिति: २०२५-०५-२२ , समय : १५:५५:३५ , 4 weeks अगाडि