प्रहरी नै असुरक्षित : बर्षाेदेखी चर्किएको भवनमा बस्न बाध्य नेपाल प्रहरी

मिति: २०२५-०५-२३ , समय : ०८:५०:२० , रबिन्द्र बराल

तस्बिर : सामाजिक सन्जालबाट

रबिन्द्र बराल

विराटनगर ।
कोशी प्रदेशको ईलाका प्रहरी कार्यालय रंगेलीकाे महात्मा रहेकाे ईलाका प्रहरी दाेहमनाकाे भवन जिर्ण अवस्थामा रहेको छ । बजारकाे मुख्य भागमा रहेको कार्यालयले बिगत ३४ बर्ष देखि त्यस क्षेत्रका जनताकाे  जिउधनकाे शान्ति सुरक्षामा अहाेरात्र खटिरहेकाे छ । जनताकाे सुरक्षाकाे लागि खटिएको प्रहरी आफैमा असुरक्षित महसुस गरिरहेकाे देखिन्छ । जनताकाे लागि सुरक्षा प्रदान गर्ने  प्रहरी नै  आरमाका लागि बस्ने घर असुरक्षित भएको महसुस गरिरहेकाे  प्रहरी हरु बताउँछन् ।  पुरानो भवनकाे छत हेर्ने हाे भने कति खेर सुतिरहेको समयमा आफ्नै जिउमा खस्नेहाे भन्ने चिन्तामा बस्नुपर्ने बाध्यता रहेको एक प्रहरीले बताए । केही बाेल्न त मन लाग्छ नि के गराै आज बाेलियाे भने भाेली स्पष्टीकरण दिनु पर्छ हामीलाई समस्या हुन्छ कस्लाई भनाै बिलाैना समेत गरिरहेका छन ।  झन्डै ३४ बर्षमा कति नेताका बर्षेपिछे कुर्सी फेरिए उनिहरुका आफ्नत फेरिए तर प्रहरीलाई बस्नका लागि घर फेरिएन सकेको छैन  । स्थानीय जय प्रकाश पाेख्रेलले प्रहरीका लागि ३४ बर्ष अगाडि १ कठ्ठा ६ घुर जग्गा दान दिएपछि साेहि ठाउँमा स्थानीय बुद्धिजीवी समाजसेवी हरुले  प्रहरीचाैकी निर्माण गरेका थिए । ३४ बर्ष पछि प्रदेश सरकारले ५१ लाखमा प्रहरीको भवन निर्माणकार्यकाे याेजना सुरु गर्ने भएको छ । २०४१ पुस ९ गते स्थानीय गाेपालमान राज भण्डारी द्वारा शिलान्यास गरिएको प्रहरी चाैकी २०४८ चैत्र २० गते उक्त भवनकाे उद्घाटन पुर्व प्रहरी नायव निरिक्षक ध्रुव वहादुर प्रधानले नवनिर्मित भवनकाे उद्घाटन समेत गरेका थिए । ३४ बर्ष बितिसक्दा समेत भवनकाे  समय समयमा मर्मत सम्भार नगर्दे अहिले भवन जिर्ण बन्दै गएको छ । प्रहरीले दाेहमना, बनकाेल, फर्सिडागी, बेलचाेक ,दर्वेशा, बटरवारी, बनकाेल सम्मकाे  स्थान हरुमा शान्ति सुरक्षाको व्यवस्थापन गरिरहेका छन । बिगतका दिनहरुमा  २३ जनाकाे दरवन्दि रहेको भएतापनि अहिले  कार्यलयमा  असईकाे कमान्डमा  ७ जनाले मात्रै शान्ति सुरक्षा दिईरहेका छन ।  पुरानाे  एक तल्ले पक्की भवनकाे छत बर्षाे देखि चर्किएकोछ । सामान्य पानी पर्दा समेत चुहिने र छतबाट पल्सतर झरेर आफैलाई  ज्यान जाेखिममा परेर  बस्नुपर्ने बाध्यता  रहेको  थियो  ।

प्रकाशित मिति: २०२५-०५-२३ , समय : ०८:५०:२० , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित