शाैचालयमा लडेर एक भारतीय पर्यटककाे मृत्युु

मिति: २०२५-०५-२५ , समय : १५:२९:०३ , गामघर डेस्क

तस्बिर : फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । मनकामना मन्दिरको दर्शन गर्न आएका एक जना भारतीय पर्यटकको शौचालयमा लडेर ज्यान गएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–४ मनकामना केवलकारको स्टेशनमा रहेको शौचालयमा लडेर गुजरातको पालनपुरका ६२ वर्षीय मन्नुप्रसाद भट्टको आज ज्यान गएको हो ।

मुग्लिनमा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार शौचालयमा लडेर अचेत भेटिएका भट्टलाई उपचारका लागि इच्छाकामना आधारभूत अस्पताल कुरिनटार ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

प्रकाशित मिति: २०२५-०५-२५ , समय : १५:२९:०३ , 3 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित