मधेस प्रदेश : दुई साँढेबीचको लडाइमा परेर एक जनाको मृत्यु
मिति: २०२५-०५-२६ , समय : १०:१७:३८ , गामघर डेस्क
मिति: २०२५-०५-२६ , समय : १०:१७:३८ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढेबीचको लडाइमा परेर एकजनाको मृत्यु भएको छ ।
सडकमा दुई साढेबीचको लडाईंमा परेर मोटरसाइकल दुर्घटना हुँदा जनकपुरधाम उपमहानगरपालिका ७ का ५० वर्षीय सत्तार राइनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहका अनुसार आइतबार राति साढे ८ बजे जनकपुरधा ६ पेठियाबजारबाट प्रादेशिक अस्पताल तर्फ जाने बाटो दुई वटा साँढे आपसमा जुधिरहेका थिए ।
सोही बेला मधेश प्र.०२–००७ प ९२६६ नम्बरको स्कुटीमा जाँदै गरेको राईनको स्कुटीमा साँढे ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए ।
तत्कालै जानकी हेल्थ केयर जनकपुरमा उपचारको लागि लग्दा ८ः४० बजे उनलाई चिकित्सकले मृत घोषणा गरेको डिएसपी सिंहले बताए । यता साे घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०५-२६ , समय : १०:१७:३८ , 3 weeks अगाडि