काठमाडौंमा पनि मिथिलानि महिलाहरुले वटसावित्री पर्व मनाइयाे ( तस्बिर सहित)
मिति: २०२५-०५-२६ , समय : १७:२४:२९ , लक्ष्मी चौधरी
मिति: २०२५-०५-२६ , समय : १७:२४:२९ , लक्ष्मी चौधरी
लक्ष्मी चौधरी
काठमाण्डाै । सङ्घिय राजधानी काठमाडौंमा पनि मिथिलानि महिलाहरुले वटसावित्री अर्थात् वरसाइत पर्व मनाइएको छ । विवाहित महिलाहरूले मनाउने यो पर्वका कारण वर भएको ठाउँमा बिहानैदेखि भीड लागेको थियो ।
पर्वमा महिलाहरू नयाँ सारी, ब्लाउज, लहठी, शृङ्गारका समानका साथै पूजाको सामग्री किन्ने गर्दछन् । नवविवाहित महिलाहरूका लागि यस पर्वमा बेहुलाको घरबाट पूजाको सामग्रीका साथै पाहुरसमेत आउने गर्दछ । साेहि अवसरमा काठमाडौंकाे कुपण्डाेल , कालिमाटी , काेटेश्वर , नयाँ बानेश्वर , कलङ्कि , कुलेश्वर , गाेशाला , लाेकन्थलि लगायतका स्थानमा मिथिलानिहरु बसाेबास गर्ने ठाउँमा हर्षाेउल्लासका साथ वटसावित्रि पर्व मनाइएको छ ।
वटसावित्री पर्वलाई नारीत्व रक्षा, सन्तान प्राप्तिमा सहयोग गर्ने पर्वका रूपमा लिइने गरिन्छ । मिथिला संस्कृतिमा यो पर्व आदर्श नारित्वको प्रतीक बनेको छ । यो पर्व मिथिलाञ्चलमा प्रत्येक वर्ष जेठ महिनाको औँसी तिथिमा मनाइने गरिन्छ ।
हिन्दू धर्ममा पीपलको बोट जस्तै वरको बोटको पनि उत्तिकै महत्त्व रहेको छ । वरको बोट आफ्नो विशालताका लागि प्रसिद्ध छ । दार्शनिक दृष्टिबाट वरको बोट दीर्घायु तथा अमरत्व बोधको प्रतीकका रूपमा स्वीकार गरिएको छ ।
प्रकाशित मिति: २०२५-०५-२६ , समय : १७:२४:२९ , 3 weeks अगाडि